काउटिन्हो एस्टन भिल्लामा
काठमाडौं, पुस २३ : ब्राजिलियन स्टार विंगर फिलिपे काउटिन्हो प्रिमियर लिग क्लब एस्टन भिल्लामा आबद्ध भएका छन् । २९ वर्षीय काउटिन्हो लोनमा भिल्लामा आबद्ध...
काठमाडौं, पुस २३ : ब्राजिलियन स्टार विंगर फिलिपे काउटिन्हो प्रिमियर लिग क्लब एस्टन भिल्लामा आबद्ध भएका छन् । २९ वर्षीय काउटिन्हो लोनमा भिल्लामा आबद्ध भएका हुन् ।
काउटिन्होले ४८ घण्टाभित्र मेडिकल, वर्क पर्मिटलगायत प्रक्रिया पुरा गर्ने बताइएको छ। त्यसका लागि उनी केही समयमै बर्मिङ्घम आउने छ।
सन् २०१८मा लिभरपुल छाड्दै स्पेनिस क्लब बार्सिलोना पुगेका काउटिन्हो ४ वर्षपछि प्रिमियर लिग फर्किएका हुन्।
लिभरपुलमा सनसनीपूर्ण प्रदर्शन गरेका काटिउन्हो बार्सिलोनामा भने प्रभाव जमान असफल थिए । बार्सिलोनामा उनले १०६ खेल खेल्दै २६ गोल मात्र गरेका थियो । बार्सिलोनामै रहँदा उनले एक सिजन लोनमा बायर्न म्युनिखबाट पनि खेलेका थिए । बार्सिलोनाले उनलाई भित्र्याउन १४६ मिलियन पाउण्ड खर्चिएको थियो।
लिभरपुलमा ६ सिजन बिताउँदा उनले २२१ खेलमा ५४ गोल गरेका थिए । तयसअघि उनले इन्टर मिलान र इस्पानियोलबाट पनि खेलेका थिए । उनले ब्राजिलका लागि ६३ खेल खेल्दै १८ गोल गरेका छन्।











