Kathmandu Press

एमाले कञ्चनपुर अध्यक्षमा तीन जना आकांक्षी

एमाले कञ्चनपुर अध्यक्षमा तीन जना आकांक्षी

महेन्द्रनगर, पुस २३ : नेकपा (एमाले) कञ्चनपुरको आठौँ जिल्ला अधिवेशन कञ्चनपुरको महेन्द्रनगरमा सुरु भएको छ। पार्टीको जिल्ला नेतृत्व चयनका लागि सुरु भएको अधिवेशनमा पाँच सयभन्दा बढी प्रतिनिधी सहभागी छन्। 

जिल्ला अध्यक्ष पदका लागि तीन जनाले आफ्नो प्रचारप्रसार गरिरहेका छन्। अध्यक्ष पदका लागि वर्तमान जिल्ला अध्यक्ष वीरबहादुर थापा, वर्तमान पार्टी सचिव एवं भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्ट र बेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्द आकांक्षी देखिएका छन्। 

यस्तै पार्टीको जिल्ला सचिव पदमा रणबहादुर महरा र पल्लभराज भट्ट आकांशी छन् । पार्टीको माथिल्लो तहले सहमतीमै जिल्ला कमिटी गठन गर्न सुझाव दिएको बताइएको छ । अधिवेशन उद्घाटन समारोहमा सांसदहरु डा दीपकाप्रकाश भट्ट, नरबहादुर धामी र निरुदेवी पालको सहभागी थियो। 

प्रकाशित मिति: १७:०७ बजे, शुक्रबार, पुस २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्