Kathmandu Press

लोकतन्त्र ल्याउन पत्रकारको महम भूमिका : मन्त्री जोशी

कैलाली, पुस २३ : सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले मुलुकमा लोकतन्त्र ल्याउन पत्रकारको अहं भूमिका रहेको बताएकी छन्।काठमाडौंस्थित तुलसादेवी हरिहर...
लोकतन्त्र ल्याउन पत्रकारको महम भूमिका : मन्त्री जोशी

कैलाली, पुस २३ : सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले मुलुकमा लोकतन्त्र ल्याउन पत्रकारको अहं भूमिका रहेको बताएकी छन्।

काठमाडौंस्थित तुलसादेवी हरिहर फाउन्डेसनद्वारा आज (शुक्रबार)  कैलालीको धनगढीमा आयोजित पत्रकार आचारसंहिता तालिम शुभारम्भ गर्दै उनले लोकतन्त्र र संघीय व्यवस्था ल्याउन सञ्चारकर्मीहरूले ठूलो योगदान पुर्‍याएको बताइन्।

Hardik ivf

पछिल्लो समय सामाजिक सञ्जाल र पत्रकारिता एउटैजस्तो देखिन थालेकोले यसबाट माथि उठेर काम गर्न उनले सञ्चारकर्मीलाई सुझाइन्।

‘आचारसंहिता पालना गर्नु भनेकै मर्यादामा रहेर काम गर्ने हो। त्यो हामी सबैले बुझ्नुपर्छ।  विचारमा प्रस्ट हुनाका साथै सेवा प्रवाह तटस्थ र निष्पक्ष हुन पुग्यो भने प्रेसजगत्प्रति विश्वास बढ्दै जान्छ,’ कानुनमन्त्री जोशीले भनिन्, ‘फरक विचार राख्न पाउनु पनि लोकतन्त्रको सुन्दर पक्ष भएकाले कसैलाई निषेध नगरीे मर्यादित पत्रकारितमा लाग्नुपर्छ।’ 

प्रशिक्षक यशोदा तिमल्सिनाले पत्रकारिताजगत्मा पनि समानुपातिक  महिला सहभागिता आवश्यक रहेको औंल्याइन्। प्राकृतिक अंग महिला पुरुषबीच बाँड्न नसकिए पनि अवसर वितरणमा समानता कायम हुनुपर्ने भन्दै उनले पछिल्लो समयमा महिलाहरु पनि हरेक काम गर्न सक्षम बन्दै गएको जिकिर गरिन्। 

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्ष देवीराम देवकोटा र कैलाली जिल्ला पत्रकार महासंघका हिमाल जोशीले पत्रकारहरु राजनीतिक दलमा आबद्ध हुने प्रवृत्तिले पत्रकारिता क्षेत्रमा चुनौती बढ्दै गएको टिप्पणी गरे।

दुई दिनसम्म सञ्चालन हुने उक्त प्रशिक्षणमा राष्ट्रिय समाचार समितिका प्रधानसम्पादक एकराज पाठक, यशोदा तिमल्सिना, मोहनमन स्वाँर, चित्रांग थापा, डिल्लीरमण सुवेदीले प्रशिक्षण दिने आयोजक संस्थाका अध्यक्ष सरु सुवेदीले जानकारी दिए।

प्रकाशित मिति: १५:४१ बजे, शुक्रबार, पुस २३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्