Kathmandu Press

शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि तुलसीपुरमा पुस २५ देखि नौ दिन विद्यालय बन्द 

दाङ, पुस २३ : कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढेको भन्दै तुलसीपुर उपमहानगरपालिकाले नौ दिन विद्यालय बन्द गर्ने भएको छ।तुलसीपुर क्षेत्रका विद्यालयका शिक्षक र...
शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि तुलसीपुरमा पुस २५ देखि नौ दिन विद्यालय बन्द 

दाङ, पुस २३ : कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढेको भन्दै तुलसीपुर उपमहानगरपालिकाले नौ दिन विद्यालय बन्द गर्ने गरेको छ।

तुलसीपुर क्षेत्रका विद्यालयका शिक्षक र विद्यार्थीहरुमा कोरोना संक्रमण देखिएपछि उपमहानगरले आज (बिहीबार) एक सूचना जारी गरी यही पुस २५ देखि माघ ३ गतेसम्म सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको जानकारी दिएको हो।

सो अवधिमा पठनपाठन पूर्ण रुपमा बन्द गरी सो समयमा गर्ने भनिएका परीक्षा पनि स्थगित गर्नसमेत निर्देशन दिएको छ। संक्रमणको अवस्था हेरेर माघ ४ गतेबाट विद्यालय सञ्चाल गर्न सकिने पनि सूचनामा उल्लेख छ। 

विद्यालय बन्द रहने अवधिमा विद्यार्थीलाई घरबाहिर नजान, स्वास्थ्यको पूर्ण रूपमा ख्याल राख्न र परिवारका सदस्यसँगै बसेर माघी पर्व मनाउन अनुरोध गरेको छ।

प्रकाशित मिति: १४:५३ बजे, शुक्रबार, पुस २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्