Kathmandu Press

सहकारी पत्रकार समाजको अध्यक्षमा काजी श्रेष्ठ निर्विरोध 

काठमाडौं, पुस २३ : नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को अध्यक्षमा पत्रकार काजी श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। समाजको ११औं साधारण सभाबाट श्रेष्ठको नेतृत्वमा ९...
सहकारी पत्रकार समाजको अध्यक्षमा काजी श्रेष्ठ निर्विरोध 

काठमाडौं, पुस २३ : नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को अध्यक्षमा पत्रकार काजी श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। 

समाजको ११औं साधारण सभाबाट श्रेष्ठको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको हो। श्रेष्ठ सहकारी खबर डटकमका सम्पादक हुन्। 

यस्तै समाजको उपाध्यक्षमा अन्नपूर्ण पोष्ट दैनिकका तुलसीराम सुवेदी, सचिवमा सहकारी सञ्चारका अर्जुन खतिवडा, सहसचिवमा गोरखापत्र दैनिकका भेषराज वेलवासे, कोषाध्यक्षमा रातोपाटी डटकमका प्रयास श्रेष्ठ निर्वाचित भए। 

सदस्यमा विकास न्युज डटकमका सन्तोष रोकाय र मेरो लगानी डटकमकी सुधा देवकोटा चयन भए। समाजमा दुई सदस्य अध्यक्षले मनोनीत गर्ने प्रावधान रहेको छ।

प्रकाशित मिति: १४:३१ बजे, शुक्रबार, पुस २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्