Kathmandu Press

इलाममा बाह्रसय पचास ग्राहकको विद्युत् काटियो

मङ्गलबारे, पुस २३ : नेपाल विद्युत् प्राधिकरण इलामले चालु आर्थिक वर्षमा विद्युत् महसुल नतिर्ने एक हजार २५० ग्राहकको विद्युत् लाइन काटेको छ। गत साउनदेखि हालसम्म...
इलाममा बाह्रसय पचास ग्राहकको विद्युत् काटियो

मङ्गलबारे, पुस २३ : नेपाल विद्युत् प्राधिकरण इलामले चालु आर्थिक वर्षमा विद्युत् महसुल नतिर्ने एक हजार २५० ग्राहकको विद्युत् लाइन काटेको छ। 

गत साउनदेखि हालसम्म दुई महिनादेखि महसुल नतिर्ने ग्राहकको लाइन काटिएको हो । बत्ती बालेर ६० दिनसम्म पैसा नतिर्ने ग्राहकको विद्युत् काटिएको प्राधिकरण इलाम शाखाका प्रमुख देवराज पौडेलले जानकारी दिए। 

Hardik ivf

उनका अनुसार विद्युत् काटिए पनि करिब ९० प्रतिशत ग्राहकले पुनः महसुल तिरेपछि विद्युत् जडान गरिएको छ। करिब १० प्रतिशत ग्राहकले अझै महसुल नतिरेकाले विद्युत् जडान गरिएको छैन।

यस्तै इलाम नगरपालिकाले पनि महसुल नतिरेकाले  इलाम सदरमुकाममा निर्माण गरिएको व्यापारिक भवन (सिटी मार्ट)को  लाइन बिहीबारदेखि काटिएको छ। सिटीमार्टको  एक लाख ७२ हजार महसुल नगरपालिकाले तिरेको छैन । 

साठी दिनभित्र महसुल नतिरे लाइन काट्नुपर्ने प्रावधान भएअनुसार नै बत्ती काटिएको प्रमुख पौडेलले बताए। उक्त नगरपालिकाले चार महिनाको महसुल बुझाउन बाँकी रहेको बताइएको छ।  

प्रकाशित मिति: १४:०५ बजे, शुक्रबार, पुस २३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्