Kathmandu Press

शान्ति समाजको २४औं राष्ट्रिय परिषद् बैठक कपिलवस्तुमा

काठमाडौं, पुस २३ : मानवअधिकार तथा शान्ति समाजको २४ औं राष्ट्रिय परिषद् बैठक एवं वार्षिक साधारणसभा आगामी माघ २१ र २२ गते कपिलवस्तुमा हुने भएको...
शान्ति समाजको २४औं राष्ट्रिय परिषद् बैठक कपिलवस्तुमा

काठमाडौं, पुस २३ : मानवअधिकार तथा शान्ति समाजको २४ औं राष्ट्रिय परिषद् बैठक एवं वार्षिक साधारणसभा आगामी माघ २१ र २२ गते कपिलवस्तुमा हुने भएको छ।

शान्ति समाज कपिलवस्तु शाखाको आतिथ्यतामा जितपुर–४ मा परिषद् बैठक आयोजना हुन लागेको सभापति गोविन्द खनालले जानकारी दिए। ‘गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा : सबैको अधिकार’ भन्ने मूल आह्वानसहित परिषद् बैठक सम्पन्न हुन लागेको हो।

Hardik ivf

राष्ट्रिय परिषद् बैठक आयोजनाका लागि शान्ति समाज कपिलवस्तु शाखा सभापति गोविन्द पोख्रेलको संयोजकत्वमा मूल तयारी समिति र विभिन्न उपसमिति गठन भएको छ । राष्ट्रिय परिषद् समाजको सर्वोच्च नीति निर्णायक अंग हो।

चार केन्द्रीय सदस्यको राजीनामा स्वीकृत

शान्ति समाजको बिहीबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले चार केन्द्रीय सदस्यले दिएको पदबाट राजीनामा स्वीकृत गरेको छ। बैठकले उनीहरुले शान्ति समाजमा गरेको योगदानप्रति हार्दिक धन्यवाद एवं आभार पनि गरेको छ।

दुर्गा राना (लक्ष्मी), निर्मला सुवेदी, गणेश पौडेल र सन्तोष रौनियारले शान्ति समाजको अभियानमा सदैव साथ र सहयोग रहने प्रतिबद्धतासहित हाल आफ्नो राजनीतिक सक्रियताको कारण जनाई राजीनामा दिएका हुन्।

शान्ति समाजको ३३ सदस्यीय केन्द्रीय कार्यसमितिमा अब २९ सदस्य रहेको जनाइएको छ।

प्रकाशित मिति: १३:५३ बजे, शुक्रबार, पुस २३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्