Kathmandu Press

मध्यपुरथिमि नगरप्रमुख श्रेष्ठ सम्मानित

भक्तपुर, पुस २३ : मध्यपुर थिमि नगरपालिकाको पूर्वाधार, कला, संस्कृति, सम्पदाको संरक्षण, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रका विकासमा योगदान पुर्‍याएबापत नगरप्रमुख मदनसुन्दर श्रेष्ठ सम्मानित भएका...
मध्यपुरथिमि नगरप्रमुख श्रेष्ठ सम्मानित

भक्तपुर, पुस २३ : मध्यपुर थिमि नगरपालिकाको पूर्वाधार, कला, संस्कृति, सम्पदाको संरक्षण, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रका विकासमा योगदान पुर्‍याएबापत नगरप्रमुख मदनसुन्दर श्रेष्ठ सम्मानित भएका छ । 

एजुकेसन भ्वाइस नेपालद्वारा  आज मध्यपुर थिमिमा आयोजित कार्यक्रममा उनलाई संस्थाका अध्यक्ष रमेश गिरीले दोसल्ला ओढाएर सम्मान गरेका हो।

सो अवसरमा नगरप्रमुख श्रेष्ठले भने, ‘मध्यपुर थिमि नगरपालिका चार वर्षअगाडि कस्तो थियो, आज कस्तो छ, यहाँका बासिन्दाले मात्रै हैन, थिमि आउने जो कोहीले अनुभवन गर्न सक्छन्, थिमि विकासमा उत्कृष्ट ३ मा पर्न सफल भएको छ।’

कार्यक्रममा नगरपालिकाका प्रशासकीय प्रमुख चुरामणि पन्थीले मध्यपुरथिमिको विकासको चर्चा गरेका थिए। सो अवसरमा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति र महासंघ भक्तपुरका सल्लाहकार एवं प्रशिक्षक पुष्करराज बुढाथोकीले पत्रकारिता क्षेत्रको भविष्य र अवसरका बारेमा चर्चा गरे।

प्रकाशित मिति: १३:४३ बजे, शुक्रबार, पुस २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्