Kathmandu Press

कञ्चनपुरमा खोप लगाउने सङ्ख्या एक लाख ९७ हजार बढी

कञ्चनपुर, पुस २३ : कञ्चनपुरमा कोरोनाविरुद्धको पूर्ण खोपको मात्रा लगाउनेका सङ्ख्या एक लाख ९७ हजार २३३ पुगेको छ। स्वास्थ्य कार्यालयका कोल्डचेन अधिकृत जनक कुँवरका...
कञ्चनपुरमा खोप लगाउने सङ्ख्या एक लाख ९७ हजार बढी

कञ्चनपुर, पुस २३ : कञ्चनपुरमा कोरोनाविरुद्धको पूर्ण खोपको मात्रा लगाउनेका सङ्ख्या एक लाख ९७ हजार २३३ पुगेको छ। स्वास्थ्य कार्यालयका कोल्डचेन अधिकृत जनक कुँवरका अनुसार कोभिड सिल्ड र स्ट्राजेनेकाको पूर्ण मात्रा लगाउनेको सङ्ख्या ३४ हजार ३६२, भेरोसेलको पूर्ण मात्रा लगाउनेको सङ्ख्या एक लाख ३२ हजार ३९ रहेको छ । जोन्सन एन्ड जोन्सन खोप लगाउनेको सङ्ख्या २७ हजार ४०० छ।

कोभिडसिल्ड र स्ट्राजेनेकाको पहिलो मात्रा ५१ हजार १०३ जनाले लगाएका छन् । यसैगरी, भेरोसेलको पहिलो मात्रा खोप एक लाख ८४ हजार ८९८ जनाले लगाएका छन्।  १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई ६३ हजार ७३७ मोर्डना खोपको पहिलो मात्रा दिइएको छ।

Hardik ivf

खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या ८६ दशमलव ६० र दोस्रो मात्रा खोप लगाउनेको सङ्ख्या ६५ प्रतिशत  छ । बिहीबार मात्रै १५ हजार २०० जनालाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइएको छ । ‘माघ महिनादेखि नियमित रुपमा अन्य खोप जस्तै कोरोनाविरुद्धको खोप लगाउने तयारी भइरहेको छ,’ अधिकृत कुवँरले भने, ‘बिदाको दिनबाहेक हप्ताको छवटै दिन पालिकामार्फत खोप लगाउनका लागि योजना बनाउँदैछौँ।’ कोरोनाविरुद्धको खोप लगाउनबाट कोही नछुटून् भन्ने उद्देश्य लिएर कार्य अगाडि बढाइँदै आएको उनले बताए। 

‘तत्कालै एक लाख भेरोसेल खोप लगाउनका लागि कार्य अगाडि बढाई सकिएका छौँ,’ उनले भने, ‘अपुग भएको खोप आवश्यकताअनुसार कैलालीको धनगढीस्थित आपूर्ति केन्द्रबाट ल्याउने व्यवस्था गरिएको छ।’ 

भारतबाट नेपाल भित्रिने नेपालीलाई सीमा नाका गड्डाचौकीमै समेत कोरोनाविरुद्धको पहिलो मात्रा लगाउने व्यवस्था गरिएको छ । दोस्रो मात्रा सम्बन्धित पालिकामा गएर लगाउने व्यवस्था गरिएको छ। 

प्रकाशित मिति: १२:०१ बजे, शुक्रबार, पुस २३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्