Kathmandu Press

१० हजारभन्दा बढी कित्ता सेयर हुनेले मात्रै मार्जिन कारोबारको सुविधा पाउने

काठमाडौं, भदौ २० : दश हजारभन्दा बढी कित्ता सेयर हुने लगानीकर्ताले मात्रै मार्जिन कारोबारको सुविधा पाउने भएका छन्।

ब्रोकरमार्फत हुने मार्जिन ....

१० हजारभन्दा बढी कित्ता सेयर हुनेले मात्रै मार्जिन कारोबारको सुविधा पाउने

काठमाडौं, भदौ २० : दश हजारभन्दा बढी कित्ता सेयर हुने लगानीकर्ताले मात्रै मार्जिन कारोबारको सुविधा पाउने भएका छन्।

ब्रोकरमार्फत हुने मार्जिन कारोबारको बाटो बिहीबारदेखि खुलेसँगै यो सुविधा पाउने भएका हुन्। १० हजार कित्ता सेयर कारोबारको बन्देजले ठूला लगानीकर्ताले मात्रै सुविधा पाउने भएका छन्।

नेपाल धितोपत्र बोर्डले बिहीबार निर्देशन जारी गर्दै मार्जिन कारोबार गर्न मिल्ने केन्द्रीय निक्षेप सेवा विनियमावलीको पाँचौं संशोधनलाई स्वीकृति दिएसंगै ब्रोकरमार्फत हुने मार्जिन कारोबारका लागि बाटो खुलेको हो।

जसका लागि कम्तिमा १० हजार कित्ता सेयर हुनेले मार्जिन सुविधा पाउने छन्। तोकिएका कम्पनीहरूको मार्जिन कारोबारका लागि १८० दिनको औषत बजार मूल्य वा अन्तिम बजार मूल्यमध्ये जुन कम हुन्छ त्यसको ५० प्रतिशतले हुन आउने रकमका लागि लगानीकर्ताले माग गर्न सक्ने छन्।

त्यसका लागि सीडीडएससीले मार्जिन कारोबार राफसाफ प्रयोजनका लागि हितग्राही खातासम्बन्धी व्यवस्था गरी धितोपत्र बजार, निक्षेप सदस्य र राफसाफ सदस्यलाई अनिवार्य जानकारी गराउनु पर्नेछ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ३१ वटा ब्रोकर कम्पनीहरुलाई मार्जिन कारोबार गर्न अनुमति दिइसकेको छ।

मार्जिन कारोवार सुविधा संचालनमा आई धितोपत्र बजारको दायरा बृद्धि हुने तथा  कारोवारमा समेत विस्तार भई धितोपत्र बजार थप चलायमान हुने दावी गरिदैं आएको छ।

खुद सम्पत्ती चुक्ता पूँजीभन्दा कम नरहेको, पछिल्लो दुई आर्थिक वर्षमा कम्तीमा दश प्रतिशत लाभांस वितरण गरेको हुनुपर्नेछ। दोस्रो बजारमा अघिल्लो आर्थिक वर्षभर कम्तिमा ८० प्रतिशत कारोबार भएको, आर्थिक वर्षको प्रथम ६ महिना भित्रमा वार्षिक साधारणसभा सम्पन्न गरेका कम्पनीले मात्रै मार्जिन कारोबारको सुविधा पाउनेछन्।

नेप्सेले २७ वटा बाणिज्य बैंकहरुमध्ये ११ वटा मात्रै मार्जिन कारोबारका लागि योग्य देखिएका छन्। त्यस्तै ६ वटा विकास बैंक, तीन वटा हाइड्रोपापवर, नौ वटा माइक्रोफाइनान्स, एउटा होटल र अन्य समूहको नेपाल टेलिकम मात्रै योग्य देखिएका छन्।

प्रकाशित मिति: १३:०६ बजे, शुक्रबार, भदौ २०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्