Kathmandu Press

वडा कार्यालयको भवन निर्माणमा अवरोध गरिएको भन्दै आन्दोलन

कञ्चनपुर, पुस २३ : शुक्लाफाँटा नगरपालिका–६ कसरौलमा निर्माण भइरहेको वडा कार्यालय भवन निर्माणको काममा अवरोध गरिएको भन्दै वडावासी आन्दोलित भएका छन् ।वडाका बासिन्दाले शुक्लाफाँटा...
वडा कार्यालयको भवन निर्माणमा अवरोध गरिएको भन्दै आन्दोलन

कञ्चनपुर, पुस २३ : शुक्लाफाँटा नगरपालिका–६ कसरौलमा निर्माण भइरहेको वडा कार्यालय भवन निर्माणको काममा अवरोध गरिएको भन्दै वडावासी आन्दोलित भएका छन् ।

वडाका बासिन्दाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेनाले निर्माणमा रोक लगाएपछि निर्माण सञ्चालन गर्न माग गर्दै स्थानीय नगरपालिका कार्यालय पुगेका हुन्। आन्दोलित स्थानीय बासिन्दाले बिहीबार नगरपालिका कार्यालयमा पुगेर तालाबन्दी गरेका थिए।

नगरप्रमुख दिलबहादुर ऐरले निकुञ्जका प्रमुख संरक्षण अधिकृतसँग छलफल गरी निर्माणको कामलाई निरन्तरता दिन पहल गर्ने आश्वासन दिएपछि ताला खोलिएको थियो। उनले निकुञ्ज कार्यालयले वडा कार्यालय बनाउनेबारे सोधेको प्रश्नको जवाफ पठाइसकिएको उल्लेख गर्दै निकुञ्जले अवरोध गर्नुको कुनै अर्थ नरहेको बताए। 

प्रकाशित मिति: १०:२३ बजे, शुक्रबार, पुस २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्