Kathmandu Press

एमाले हुम्लाको जिल्ला अधिवेशन स्थगित

एमाले हुम्लाको जिल्ला अधिवेशन स्थगित

हुम्ला, पुस २३ : नेकपा (एमाले) हुम्लाको नवौं जिल्ला अधिवेशन स्थगित भएको छ।

एमाले केन्द्रीय निर्देशनानुसार जिल्ला अधिवेशन स्थगित गरिएको हो। एमाले केन्द्रले हिमाली जिल्लामा चिसो बढेकाले जिल्ला अधिवेशन स्थगित गर्न निर्देशन दिएको थियो।

आजदेखि एकसाथ एमालेले देशभर अधिवेशन सञ्चालन गर्ने भएको छ। हुम्लामा भने अधिवेशन एक महिनाका लागि स्थगन भएको छ।

जिल्ला कमिटीको बैठकले आगामी माघ २३ गतेसम्मका लागि अधिवेशन स्थगन गर्ने निर्णय गरेको जिल्ला पार्टी सचिव पूर्ण ढकालले जानकारी दिए।

मौसम प्रतिकूलता र पार्टीका विविध समस्याका कारण जिल्ला अधिवेशन एक महिनापछि सरेको उनले बताए।

प्रकाशित मिति: ०८:३६ बजे, शुक्रबार, पुस २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्