Kathmandu Press

आजदेखि ‘ए’ डिभिजन लिगमा आठौं चरणका खेल हुँदै

काठमाडौं, पुस २३ : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा आजदेखि आठौं चरणका खेल हुन लागेका छन्।आज दुई वटा खेल हुने अखिल...
आजदेखि ‘ए’ डिभिजन लिगमा आठौं चरणका खेल हुँदै

काठमाडौं, पुस २३ : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा आजदेखि आठौं चरणका खेल हुन लागेका छन्।

आज दुई वटा खेल हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। काठमाणडौंको त्रिपुरेश्वरमा रहेको दशरथ रगशालामा दिउँसो १ बजे पहिलो खेलमा संकटा क्लब र सातदोबाटो युथ क्लब भिड्नेछन्।

अहिलेसम्म संकटा ७ खेलमा १३ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ। समान खेलमा सातदोबाटोको ८ अंकका साथ आठौं स्थानमा छ।

त्यस्तै, आज दोस्रो खेलमा अपराह्न ४ः४५ बजे एपीएफ क्लब र जाउलाखेल युथ क्लब भिड्दै छन्। एपीएफ ७ खेलमा ६ अंकसहित तालिकाको दशौं स्थानमा छ भने जाउलाखेल समान खेलमा ७ अंकसहित नवौँ स्थानमा छ।

प्रकाशित मिति: ०८:२५ बजे, शुक्रबार, पुस २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्