Kathmandu Press

प्रादेशिक आयुर्वेद चिकित्सालयमा मधुमेहका बिरामीको उपचार

तुलसीपुर, पुस २३ : दाङको विजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा मधुमेहका बिरामीका लागि कार्यक्रम सञ्चालन गरिएको छ।अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. महेशकुमार खनालका अनुसार...
प्रादेशिक आयुर्वेद चिकित्सालयमा मधुमेहका बिरामीको उपचार

तुलसीपुर, पुस २३ : दाङको विजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा मधुमेहका बिरामीका लागि कार्यक्रम सञ्चालन गरिएको छ।

अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. महेशकुमार खनालका अनुसार यही पुसदेखि मधुमेहका बिरामीलाई निःशुल्करूपमा रगत परीक्षण भइरहेको छ। त्यस्तै, मिर्गौला, मुटु र बोसोको समेत जाँच भइरहेको उनले बताए।

अहिलेसम्म एक सय जनाले उक्त सुविधा लिइसकेको निमित्त निर्देशक डा. खनालले जानकारी दिए। त्यस्तै मधुमेह नियन्त्रणमा राख्ने जडीबुटी औषधि तथा परामर्शसमेत प्रदान गर्ने गरिएको उनको भनाइ छ।

करिब तीन सय जनालाई उक्त सेवा प्रदान गर्ने लक्ष्य राखिएको डा. खनालले बताए। अस्पतालमा दैनिक बिहान ८ देखि दिउँसो १ बजेसम्म सेवा सञ्चालन हुँदै आएको छ।

अस्पतालमा हाल पाइल्स, फिस्टुला, फिसर, पारालाइसिस, जोर्नी दुखेका बिरामी, ग्याष्टिक, हातखुट्टा नचल्ने, कब्जियतलगायतको उपचार भइरहेको छ।

बिरामीलाई आयुर्वेद उपचार पद्धतिमा आकर्षित गराउनका लागि यसरी नै नयाँ–नयाँ कार्यक्रम ल्याइने उनको भनाइ छ। पछिल्लो समय आयुर्वेद उपचार पद्धतिप्रति नागरिकको चासोसमेत बढेको छ। (रासस)

प्रकाशित मिति: ०८:०३ बजे, शुक्रबार, पुस २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्