Kathmandu Press

उद्योगी व्यवसायीलाई धम्क्याएको आरोपमा दुई जना पक्राउ

काभ्रे, पुस २३ : उद्योगी व्यवसायीलाई धम्क्याएको आरोपमा जिल्ला प्रहरी कार्यालयले दुई जनालाई पक्राउ गरेको छ।धुलिखेल नगरपालिका–५ चौकोटका ज्वाला भनिने ३२ वर्षीय कृष्णराम...
उद्योगी व्यवसायीलाई धम्क्याएको आरोपमा दुई जना पक्राउ

काभ्रे, पुस २३ : उद्योगी व्यवसायीलाई धम्क्याएको आरोपमा जिल्ला प्रहरी कार्यालयले दुई जनालाई पक्राउ गरेको छ।

धुलिखेल नगरपालिका–५ चौकोटका ज्वाला भनिने ३२ वर्षीय कृष्णराम महत र खानीखोला गाउँपालिका–३ का २८ वर्षीय दिनेश गोलेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कृष्णराम बनेपा, धुलिखेल र पनौती क्षेत्रमा सञ्चालित विभिन्न उद्योगी–व्यवसायीलाई गुण्डागर्दी शैलीमा धम्क्याउने, कुटपिट गर्नेलगायत कार्यमा संलग्नता रहेको पाइएको कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए।

उनका अनुसार दिनेशले पनौती बजार क्षेत्रका व्यक्तिलाई धम्क्याउने तथा स्थानीयवासीको दैनिक कार्यमा समेत अवरोध पु¥याउने काम गर्दै आइरहेको पाइएकाले पक्राउ गरिएको हो।

पक्राउ परेका दुवै जनालाई ‘मुलुकी अपराध संहिता–२०७४ को परिच्छेद ५ को सार्वजनिक हित, स्वास्थ्य–सुविधा र नैतिकताविरुद्ध’सम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी बिहीबार जिल्ला प्रशासन कार्यालयबाट म्याद थपको अनुमति लिई अनुसन्धान भइरहेको डीएसपी खतिवडाले बताए।

प्रकाशित मिति: ०७:१८ बजे, शुक्रबार, पुस २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्