प्रधानमन्त्री कप टि–२० फर्म्याटमा हुने
काठमाडौं, पुस २२ : एकदिवसीय फर्म्याटमा हुँदै आएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता यो पटक टि–२० फर्म्याटमा आयोजना हुने भएको छ । नेपाल क्रिकेट...
काठमाडौं, पुस २२ : एकदिवसीय फर्म्याटमा हुँदै आएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता यो पटक टि–२० फर्म्याटमा आयोजना हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले टि–२० विश्वकपको ग्लोबल क्वालिफायरलाई मध्यनजर गर्दै प्रधानमन्त्री कपलाई टि–२० फर्म्याटमा आयोजना गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री कपलाई ग्लोबल क्लालिफायरका लागि खेलाडी छनोटका रुपमा पनि हेरिएको छ। सोही प्रतियोगिताको आधारमा ग्लोबल क्लालिफारका लागि खेलाडी छनोट गरिने क्यानले जनाएको छ ।
यसैगरी क्यानले बिहीबार नै प्रधानमन्त्री कपको तालिका पनि सर्वाजनिक गरेको छ। कीर्तिपुरस्थित टियू र मुलपानी मैदानमा हुने खेल पुस २६ देखि माघ ५ गतेसम्म चल्ने छ। प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले र कर्णाली प्रदेशको सामाना गर्नेछ । सोही दिन एपिएफले प्रदेश २को सामाना गर्नेछ।
१० टीम सहभागी प्रतियोगितामा ५–५ टीमको दुई समूह बनाइएको छ । समूह ए मा त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश १ रहेका छन् । त्यस्तै समूह बीमा एपीएफ क्लब, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छन् ।











