राप्रपा लोकतन्त्रप्रति प्रतिबद्ध छ : राप्रपा अध्यक्ष लिङ्देन
काठमाडौं, पुस २२ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले लोकतन्त्र र जनताको सर्वोच्चताप्रति राप्रपा प्रतिबद्ध रहेको बताएका छन् ।आज धनगढीमा आयोजित सो...
काठमाडौं, पुस २२ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले लोकतन्त्र र जनताको सर्वोच्चताप्रति राप्रपा प्रतिबद्ध रहेको बताएका छन् ।
आज धनगढीमा आयोजित सो पार्टीको आमसभामा प्रतिनिधिसभा सदस्यसमेत रहेका उनले लोकतन्त्रका नाममा राजनीतिलाई पेशा बनाएर जीविका चलाउने गलत प्रवृत्तिविरुद्ध राप्रपा अघि बढेको बताए ।
उनले राजसंस्था र हिन्दू राष्ट्र कायम गरी देशमा विकास र सुशासन गर्ने आफ्नो पार्टीको सोच रहेको बताए। राप्रपाका निवर्तमान अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले देशमा सक्रिय राजतन्त्र नभई राष्ट्रिय एकताका लागि राजसंस्था र हिन्दू पहिचानसहितको व्यवस्था अवश्यक भएको उल्लेख गरे ।
प्रकाशित मिति: १८:५६ बजे, बिहीबार, पुस २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











