उखुको न्यूनतम मूल्य निर्धारण, प्रतिक्विन्टल ५९० रुपैयाँ
काठमाडौं, पुष २२ : सरकारले उखुको मूल्य निर्धारण गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम मूल्य तोकेको हो। बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक...
काठमाडौं, पुष २२ : सरकारले उखुको मूल्य निर्धारण गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम मूल्य तोकेको हो।
बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उखुको न्यूनतम मूल्य प्रतिक्विन्टल ५९० कायम गरेको जानकारी दिएका हुन्।
जसमा ७० रुपैयाँ नेपाल सरकारले उखु खरिद वापत चिनी सञ्चालकलाई दिने ७० रुपैयाँको अनुदान रकम जोडिएको छ ।
गत पुष १४ कृषि मन्त्रालयले उक्त मूल्य उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सिफारिस गरेको थियो । वाणिज्य मन्त्रालयबाट उक्त मूल्य भई गत बधुबारको मन्त्री परिषद्को बैठकले निर्णय गरेको हो ।
उखु किसानले प्रति क्विन्टल ६ सय ५० माग गरेको थियो भने चिनी मिल सञ्चालकबाट पाँच सय ८० रुपैयाँको प्रस्ताव गरेको थियो।
मध्य भागमा रही उखु समर्थन मूल्य अबको लागि पाँच सय ९० भएको छ । गत वर्षकोे तुलनामा यस वर्ष ४५ रुपैयाँ प्रति क्विन्टल उखु समर्थन मूल्य बढेको छ । पाँच सय ४४ रुपैयाँ ३३ पैसा गत वर्षको उखु समर्थन मूल्य थियो ।











