एसियन कप फुटसल छनोटको ड्र सार्वजनिक, नेपाल अफगानिस्तानसँगै समूह ‘बी’मा
काठमाडाैं, पुस २२ : एएफसीले एसियन कप फुटसल छनोटको तालिका सार्वजनिक गरेको छ। एएफलसीले मलेसियामा बिहीबार एसियन कप फुटसल छनोटको तालिका सार्वजनिक गरेको...
काठमाडाैं, पुस २२ : एएफसीले एसियन कप फुटसल छनोटको तालिका सार्वजनिक गरेको छ। एएफलसीले मलेसियामा बिहीबार एसियन कप फुटसल छनोटको तालिका सार्वजनिक गरेको हो।
सार्वजनिक तालिकाअनुसार नेपाल सेन्ट्रल एन्ड साउथ जोनको समूह ‘बी’मा परेको छ। यो सामूहमा नेपालसँगै उज्वेकिस्तान, ताजकिस्तान र अफगानिस्तान छन्। यस्तै, सेन्ट्रल एन्ड साउथ जोनको समूह एमा इरान, कीर्गिस्तान, तुर्कमिनेस्तान र माल्दिभ्स छन्।
यो जोनका खेलहरु अप्रिल १ देखि १५ सम्म कीर्गिस्तानमा हुनेछ। समूहबाट शीर्ष दुई टिम एसियन फुटबल कपकमा छनोट हुनेछन्। दुवै समूहका शीर्ष दुई दुई टिम एसियन कप फुटसलमा छनोट हुनेछन्।
यसैगरी छनोटकै वेष्ट जोनमा ७ टिमलाई दुई समूहमा र इस्ट जोनमा ६ टिमलाई दुई समूहमा विभाजन गरिएको छ। एसियान जोनको ड्र भने गरिएको छैन।
सन् २०२२ सेप्टेम्बर अक्टोबरमा कुवेतमा हुने एसियन फुटसल कपका लागि क्वालिफायरबाट १५ टिम छनोट हुनेछन्। आयोजकको हैसियतमा कुवेत भने छनोट भइसकेको छ।
छनोटको तयारीका लागि नेपालले २३ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। बन्द प्रशिक्षण शुक्रबारदेखि सुरु हुनेछ।











