Kathmandu Press

काश्मिर समस्या समाधानमा जोड

काठमाडाैं, पुस २२ : नेपालका लागि पाकिस्तानका राजदूत सइद हैदर शाहले दक्षिण एशियाको स्थायित्व, समृद्धि र उन्नयनका निम्ति काश्मिर समस्या समाधान हुनुपर्नेमा जोड...
काश्मिर समस्या समाधानमा जोड

काठमाडाैं, पुस २२ : नेपालका लागि पाकिस्तानका राजदूत सइद हैदर शाहले दक्षिण एशियाको स्थायित्व, समृद्धि र उन्नयनका निम्ति काश्मिर समस्या समाधान हुनुपर्नेमा जोड दिएका छन्।

यहाँस्थित पाकिस्तानी राजदूतावासले ‘काश्मिरीको आत्मनिर्णयको अधिकार’ विषयमा आयोजना गरेको छलफलमा उनले विकासको अथाह सम्भावना भएको दक्षिण एशिया काश्मिर समस्याका कारण विकासले अपेक्षित गति लिन नसकेको बताए।

७३ वर्षअघि संयुक्त राष्ट्रसङ्घले काश्मिरमा जनमतसङ्ग्रह हुनुपर्ने सुझाव दिएको स्मरण गर्दै उनले काश्मिरीहरुको आत्मनिर्णयको अधिकार कार्यान्वयन गराउन अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक भएको बताए। 

त्यस अवसरमा पाकिस्तानका राष्ट्रपति अरिफ अल्भी, प्रधानमन्त्री इमरान खान र विदेशमन्त्री शाह महमुद कुरेसीले जारी गरेको बेग्ला–बेग्लै सन्देश वाचन गरिएका थिए।

प्रकाशित मिति: १७:१६ बजे, बिहीबार, पुस २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्