Kathmandu Press

महोत्तरीका २० जना व्यापारीमाथि कारबाही

जनकपुर, पुस २२ : गुणस्तर तथा नापतौल कार्यालयले महोत्तरीका विभिन्न स्थानका २० व्यापारीमाथि कारबाही गरेको छ।अनुगमनका क्रममा तोकिएभन्दा कम नापतौल प्रयोग गरी सामान बिक्री...
महोत्तरीका २० जना व्यापारीमाथि कारबाही

जनकपुर, पुस २२ : गुणस्तर तथा नापतौल कार्यालयले महोत्तरीका विभिन्न स्थानका २० व्यापारीमाथि कारबाही गरेको छ।

अनुगमनका क्रममा तोकिएभन्दा कम नापतौल प्रयोग गरी सामान बिक्री गरेर उपभोक्तालाई ठगी गरेको पाइएपछि ती व्यापारीमाथि कारबाही गरेर १२ हजार ७३० जरिवाना गरिएको कार्यालयले जनाएको छ। 

Hardik ivf

महोत्तरीका विभिन्न स्थानका ५६ वटा व्यापारिक फार्ममा अनुगमन गरिएकामा २० व्यापारिक फार्मले कम तौल र गुणस्तरहीन सामान बिक्री गरेको पाइएपछि कारबाही गरिएको कार्यालय प्रमुख रजनिस झाले जानकारी दिए।

पशुपति नमकिन उद्योग, खुश्बु नमकिन तथा दालमोट उद्योग, राहुल पाउरोटी उद्योग, विशाल किराना पसल, जोया इलेक्ट्रोनिक्स एण्ड हार्डवेयर पसलले उपभोक्तालाई ठग्दै आएको पाइएकाले अब उप्रन्त यस्तो नगर्न नसिहतसमेत दिइएको उनको भनाइ थियो।

यस्तै जनकपुरधामस्थित माछा बजारमा  अनुगमनका क्रममा  करिब दुई दर्जन पसलबाट पुराना ढक, तराजु नियन्त्रणमा लिइएको छ । लामो समयदेखि भारतीय ढक तराजु प्रयोग गरी कम तौलमा उपभोग्य सामान बिक्री गरिरहेको गुनासो आएकाले त्यस्ता ढक तराजु नियान्त्रणमा लिएर मान्यताप्राप्त ढक तराजु मात्र प्रयोग गर्न व्यापारीलाई निर्देशन दिइको जानकारी दिइयो

अनुगमनमा कार्यालयका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, सुरक्षाकर्मीसहितको टोली सहभागी थियो । दरबन्दीभन्दा कम जनशक्ति भएर पनि उक्त कार्यालयले प्रदेश नं २ को धुनषा, महोत्तरी, सर्लाही र बागमती प्रदेशको सिन्धुली र रामेछाप जिल्लामा अनुगमन गर्दै आएको छ।
 

प्रकाशित मिति: १६:५० बजे, बिहीबार, पुस २२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्