Kathmandu Press

एमाले जिल्ला अधिवेशन भोलि सुरु हुँदै, ओलीले एकैपटक उद्घाटन गर्ने

काठमाडाैं, पुस २२ : एमालेले सबै जिल्लाको अधिवेशन भोलि (शुक्रबार) एकैपटक सुरु गर्दैछ।​अध्यक्ष केपी ओलीले भोलि बिहान ११ बजे जिल्ला अधिवेशनको उद्घाटन गर्नेछन्।...
एमाले जिल्ला अधिवेशन भोलि सुरु हुँदै, ओलीले एकैपटक उद्घाटन गर्ने

काठमाडाैं, पुस २२ : एमालेले सबै जिल्लाको अधिवेशन भोलि (शुक्रबार) एकैपटक सुरु गर्दैछ।

​अध्यक्ष केपी ओलीले भोलि बिहान ११ बजे जिल्ला अधिवेशनको उद्घाटन गर्नेछन्। थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयको ‘एक्सन रुम’बाट उनले भर्चुअल रूपमा  एकैपटक ७७ वटै जिल्लाको अधिवेशन उद्घाटन गर्ने एमाले प्रचार विभागले जनाएको छ।

गत पुसमा १०औं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको एमालेले त्यसअघि मंसिरमा विधान महाधिवेशन गरेको थियो। एमालेको जिल्ला अधिवेशन भने बाँकी नै छ। विधान महाधिवेशन हुनुअघि नै एमालेले वडा र पालिकाको अघिवेशन सम्पन्न गरिसकेको छ।   

प्रकाशित मिति: १६:३५ बजे, बिहीबार, पुस २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्