Kathmandu Press

स्रोत नखुलेको ३८ लाख रकमसहित युवक पक्राउ

धनुषा, पुस २२ : धनुषामा स्रोत नखुलेको रु. ३८ लाख ३५ हजारसहित एक युवक आज पक्राउ परेका छन्। पक्राउ पर्नेमा लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोडाका २३...
स्रोत नखुलेको ३८ लाख रकमसहित युवक पक्राउ

धनुषा, पुस २२ : धनुषामा स्रोत नखुलेको रु. ३८ लाख ३५ हजारसहित एक युवक आज पक्राउ परेका छन्। पक्राउ पर्नेमा लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोडाका २३ वर्षीय अमितकुमार यादव रहेका छन् । 

भारतबाट नेपाल आउँदै गरेको अवस्थामा यादव नगराइन नगरपालिका-२ बाट स्रोत नखुलेको रकमसहित पक्राउ परेको प्रहरी नायब महानिरीक्षक गणेश ठाडाले जानकारी दिए।

प्रदेश–२–०२००१प ०४८०८ नम्बरको मोटरसाइकलको ट्याङ्कीभित्र लुकाएर ल्याउँदै गरेको सो रकम प्रहरीले बरामद गरेको हो। पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको छ। उनी हुन्डी कारोबारी हुन सक्ने प्रहरीको आशंका छ।

प्रकाशित मिति: १५:५२ बजे, बिहीबार, पुस २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्