Kathmandu Press

कांग्रेस कैलाली सभापतिमा बडुवालको उम्मेदवारी घोषणा

कैलाली, पुस २२ ः नेपाली कांग्रेसको जिल्ला सभापतिमा भीम बडुवालले उम्मेदवारी घोषणा गरेका छन्।धनगढीमा पत्रकार सम्मेलन आज गर्दै उनले सभापतिका लागि सो घोषणा गरेका...
कांग्रेस कैलाली सभापतिमा बडुवालको उम्मेदवारी घोषणा

कैलाली, पुस २२ ः नेपाली कांग्रेसको जिल्ला सभापतिमा भीम बडुवालले उम्मेदवारी घोषणा गरेका छन्।

धनगढीमा पत्रकार सम्मेलन आज गर्दै उनले सभापतिका लागि सो घोषणा गरेका हुन्। पार्टीलाई सकारात्मक परिवर्तनको दिशामा अगाडि बढाउन, नयाँ ढंगबाट रुपान्तरण गर्न तथा सक्षम नेतृत्व स्थापित गर्न आसन्न जिल्ला अधिवेशनमा आफ्नो उम्मेदवारी रहेको नेता बडुवालले जानकारी दिए।

झन्डै ३० वर्षदेखि नेपाल विद्यार्थीमा संघमा आवद्ध हुँदै नेपाली कांग्रेस पार्टीको राजनीतिमा सक्रिय सहभागी बडुवालका जिल्लामा रहेका क्रियाशील सदस्यको स्वाभिमानको रक्षा गर्दै पार्टीलाई सबैको साझा बनाउने, आउने निर्वाचनमा पार्टीलाई कम्तीमा पनि दुई तिहाइ स्थानमा जिताउने प्रयत्न गर्नेलगायत एजेन्डा छन्।

प्रकाशित मिति: १४:२५ बजे, बिहीबार, पुस २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्