आर्थिक अभावले कञ्चनपुरका क्यान्सरपीडित थापा भारतमा बिचल्ली
कञ्चनपुर, पुस २२ : जिब्रोको क्यान्सरबाट पीडित शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका दलबहादुर थापाको आर्थिक अभावमा भारतको मुम्बईमा बिचल्ली भएको छ। खर्च अभावका कारण मुम्बइस्थित अधेरी...
कञ्चनपुर, पुस २२ : जिब्रोको क्यान्सरबाट पीडित शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका दलबहादुर थापाको आर्थिक अभावमा भारतको मुम्बईमा बिचल्ली भएको छ। खर्च अभावका कारण मुम्बइस्थित अधेरी अस्पतालमा थापाको उपचार प्रभावित भएको छ ।
थापाको जिब्रोको शल्यक्रिया गरिएको छ । थप उपचारका लागि रकम अभाव भएको थापाका साथी अमरबहादुर साउदले भने, ‘अस्पतालले उपचार रकम माग गर्न थालेको छ, परिवारजनले उपचार खर्च जुटाउन सकेका छैनन्।’ थापासँग जग्गाको नाममा चार धुर मात्र छ । भारतमा लामो समयदेखि चौकीदारी गर्दै आएका उनको पाँच जनाको परिवार छ ।
‘आफै बिरामी परेपछि परिवारको समेत बिचल्ली भएको छ”, साउदले भने। जिब्रोको शल्यक्रिया गरेको शुल्क अस्पताललाई तिर्न बाँकी छ । पैसा दिन नसक्दा हाल उनको उपचार बन्द छ । थापालाई अस्पतालबाट घर ल्याउनसमेत दिइएको छैन। बेलडाँडीका युवाले केही सहयोग रकम जम्मा गरेका छन् ।
सो रकम न्यून भएको स्थानीय भरतबहादुर साउदले बताए। ‘त्यो रकमले मुम्बई पुग्नै सकिँदैन । अन्य कुनै निकायले सहयोग गरे मुम्बईसम्म पुग्न सकिन्थ्यो,’ उनले भने।












