Kathmandu Press

२२३ मोटरसाइकल फेला, सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं, पुस २२ : ट्राफिक प्रहरीले चालू आर्थिक वर्षको हालसम्म काठमाडौं उपत्यकाबाट हराएका २२३ मोटरसाइकल फेला पारेको छ।महानगरीय ट्राफिक प्रहरी महाशाखाको सादा पोसाकमा खटिएका...
२२३ मोटरसाइकल फेला, सम्बन्धित धनीलाई हस्तान्तरण
फाइल तस्बिर

काठमाडौं, पुस २२ : ट्राफिक प्रहरीले चालू आर्थिक वर्षको हालसम्म काठमाडौं उपत्यकाबाट हराएका २२३ मोटरसाइकल फेला पारेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको सादा पोसाकमा खटिएका प्रहरी टोलीले उपत्यकाका विभिन्न क्षेत्रबाट हराएका ती मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो।

सोही सिलसिलामा महाशाखाले आज २६ मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। महाशाखाले उपत्यकाका पशुपति, बौद्ध, नरेफाँट, ठिमी, सूर्यविनायक, बसुन्धारा, बानेश्वर, चावहिल, ठमेल, कीर्तिपुर, सातदोबाटो, कलङ्की, नयाँबसपार्क लगायतका स्थानबाट हराएका १७ मोटरसाइकल तथा ९ स्कुटर फेला पारेर सम्बन्धित धनीको जिम्मा लगाएको हो।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले एकान्त स्थानमा सवारी पार्किङ गर्दा हराउने गरेको जनाउँदै पार्किङ गर्दा ख्याल गर्न सवारी धनीलाई आग्रह गरे।

विशेष सूचना तथा सुराकीका आधारमा महाशाखाले मोटरसाइकल खोज्दै आएको उनको भनाइ थियो। सुरक्षित स्थानमा र सुरक्षित तरिकाले मात्र सवारीसाधन राख्न र अतिरिक्त लक र अलर्ट सिस्टमको प्रयोग गर्न महाशाखाले सवारी प्रयोगकर्तालाई अनुरोध समेत गरेको छ।

महाशाखाले चालू आर्थिक वर्षमा मोटरसाइकल चोरी कार्यमा सङ्लग्न ३२ जनालाई पक्राउ गरी कारबाही गरिसकेको छ। महाशाखाले सवारी हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाईन नम्बर ‘१०३’ वा नजिकको ट्राफिक प्रहरीलाई सम्पर्क गर्न र निवेदन दिन अनुरोध गरेको छ।

प्रकाशित मिति: १३:४७ बजे, बिहीबार, पुस २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्