Kathmandu Press

धनी देशका मानिस मुटुरोगले भन्दा क्यान्सरले बढि मर्छन् : अध्ययन

धनाढ्य देशमा मुटुरोगभन्दा क्यान्सरले धेरैको ज्यान लिने गरेको छ। यहि अनुपात बढ्दै गए केहि दशकमा क्यान्सर नै विश्वमा मृत्युको सबैभन्दा ठूलो कारण हुने अनुसन्धाताहरूले बता....

धनी देशका मानिस मुटुरोगले भन्दा क्यान्सरले बढि मर्छन् : अध्ययन

धनाढ्य देशमा मुटुरोगभन्दा क्यान्सरले धेरैको ज्यान लिने गरेको छ। यहि अनुपात बढ्दै गए केहि दशकमा क्यान्सर नै विश्वमा मृत्युको सबैभन्दा ठूलो कारण हुने अनुसन्धाताहरूले बताएका छन्।

लान्सेट मेडिकल जर्नलमा प्रकाशित दुई ठूला अध्ययनका निष्कर्षमा विभिन्न प्रकारका दीर्घकालीन रोगबीच “एपिडेमियोलोजिकल ट्रान्जिसन” को विश्वव्यापी नयाँ संक्रमण देखा परेको वैज्ञानिहरूले बताएका छन्।

विश्वभरि नै मध्यम आयु भएका बयस्कबीच मृत्युदरको मुख्य कारण “कार्डियोभास्कुलर” रोग भए पनि उच्चआय भएका देशमा यस्तो देखिएको छैन । धनी देशहरूमा मुटुरोगभन्दा क्यान्सरले दोब्बर बढि मानिसको ज्यान लिने गरेको अनुसन्धानले देखाएको छ।

Hardik ivf

“सन् २०१७ मा क्यान्सर नै विश्वभरि सबैभन्दा धेरैको ज्यान लिने दोश्रो मुख्य कारण भएको हाम्रो प्रतिवेदनले पत्ता लगायो। क्यान्सरले विश्वभरि २६ प्रतिशतको मृत्यु भयो। तर मुटुरोगबाट हुने मृत्युदर घट्दै गएकोले केहि दशकभित्रै क्यान्सर सबैभन्दा ठूलो कारण हुने सम्भावना छ,” क्यानडास्थित क्युबेक्स लेभाल युनिभर्सिटीका प्राध्यापक जिल डेगनेले बताए।

सन् २०१७ मा अनुमानित साढे पाँच करोड मानिसको मृत्यु भएकोमा करिब एक करोड ७७ लाखको मृत्यु मुटु तथा श्वासप्रश्वास सम्बन्धी रोगका कारण भएको अनुसन्धाताहरूले बताए। यसमा हृदयाघात, एन्जिना लगायतका समस्या पर्दछन्। 

करिब ७० प्रतिशत कार्डियोभास्कुलर रोग उच्चरक्तचाप, उच्च कोलेस्टेरोल, धुम्रपान र जीवनशैलीसँग सम्बन्धित अन्य कारणले हुने गर्दछ।

उच्चआय भएका देशमा कोलेस्टेरोल न्युनिकरण गर्ने “स्टेटिन” र रक्तचापका औषधिहरूले बितेका केहि दशकमा मुटुरोगलाई नाटकिय रूपमा बढ्न नदिन निकै सहयोग पुर्‍याएका छन्।

न्युन आय भएका देशमा मुटुरोगका कारण हुने मृत्युदर उच्च हुनुमा गुणस्तरीय स्वास्थ्य स्याहार नहुनु नै मुख्य कारण हुनसक्ने डेगनेको टोलीले जनाएको छ। धनी देशको तुलनामा गरिब र मध्यम आय भएका देशहरूमा अस्पताल भर्ना दर र मुटुरोगको औषधिउपचार उल्लेखनीय मात्रामा न्युन भएको अनुसन्धानले पत्ता लगाएको छ।

अर्जेन्टिना, बंग्लादेश, ब्राजिल, क्यानडा, चीन, भारत, इरान, मलेसिया, साउदी अरेबिया लगायतका देशहरूमा सो अध्ययन गरिएको छ । 

राेयटर्सबाट नेपाली अनुवाद गिरिएकाे हाे ।

प्रकाशित मिति: ०७:०४ बजे, शुक्रबार, भदौ २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्