Kathmandu Press

मकवानपुरमा ५३ प्रतिशतले मात्र लगाए कोरोना विरुद्धको खोप

हेटौँडा, पुस २२ : जिल्ला खोप समन्वय समितिले जिल्लामा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । जिल्लामा हालसम्म ५३ प्रतिशतले मात्र कोभिड विरुद्धको...
मकवानपुरमा ५३ प्रतिशतले मात्र लगाए कोरोना विरुद्धको खोप

हेटौँडा, पुस २२ : जिल्ला खोप समन्वय समितिले जिल्लामा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । 

जिल्लामा हालसम्म ५३ प्रतिशतले मात्र कोभिड विरुद्धको खोप लगाएका जनाउँदै समितिले निरन्तर खोप कार्यक्रम अगाडि बढाउने निर्णय गरेको हो। 

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतमा हालै सम्पन्न सो समितिको बैठकले खोप कार्यक्रमलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्ने पनि निर्णय पनि गरेको छ। मनहरि, राक्सीराङ, कैलाश र बकैया गाउँपालिकामा विशेषगरी खोप अभियान सञ्चालन हुने जनाइएको छ। 

प्रकाशित मिति: १३:३७ बजे, बिहीबार, पुस २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्