Kathmandu Press

दाङमा विद्यार्थीलाई करोना पुष्टि भएपछि विद्यालय बन्द

तुलसीपुर, पुस २२ : दाङ तुलसीपुरका तीन विद्यालयमा अध्ययतरत विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तुलसीपुर– ८ स्थित अस्वारा मावि, तुलसीपुर–...
दाङमा विद्यार्थीलाई करोना पुष्टि भएपछि विद्यालय बन्द

तुलसीपुर, पुस २२ : दाङ तुलसीपुरका तीन विद्यालयमा अध्ययतरत विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तुलसीपुर– ८ स्थित अस्वारा मावि, तुलसीपुर– ६ स्थित राप्ती बाल एकाडेमी र जनता साँस्कृत माविका विद्यार्थी तथा शिक्षकमा कोरोना देखिएको हो। 

तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य  निरीक्षक बिमल केसीका अनुसार अस्वारामा तीन, सुस्तश्रवनमा ६ विद्यार्थी तथा पाँचजना शिक्षकमा सङ्क्रमण पुष्टि भएको छ।

Hardik ivf

त्यस्तै राप्ती बाल एकाडेमीमा अध्ययनरत दुई विद्यार्थी र जनता संस्कृत माविका एक शिक्षिकामा सङ्क्रमण पुष्टि भएको छ । उनीहरुलाई ‘ओमिक्रोन’ भएको हो वा होइन् भनी परीक्षणका लागि टेकुमा पठाइएको र आइतबार रिपोर्ट आइपुग्ने उनको भनाइ छ। विद्यार्थी तथा शिक्षकमा कोरोना देखिएपछि अस्वारा माविलाई एक हप्ताका लागि बन्द गरिएको छ ।  

पछिल्लो समय शिक्षक र विद्यार्थीमा सङ्क्रमण देखिएको भन्दै यसका लागि सचेत हुन आवश्यक रहेको उहाँले बताए। ‘विद्यार्थी र शिक्षकमा नै कोरोना देखिएको छ,’ जनस्वास्थ्य  निरीक्षक  केसीले भने, ‘यसले  स्थिति भयावह ल्याउन सक्छ, त्यसैले सचेतना फैलाउन आवश्यक छ।’ केही समयका लागि विद्यालय बन्द गर्ने अवस्था आउन सक्ने उनको भनाइ थियो।

मेट्रो अस्पतालका ६ स्वास्थ्यकर्मीमा कोरोना देखिएको उनले जानकारी दिए। साथै दुईजना उपमहानगरपालिकाका कर्मचारीमा पनि कोरोना देखिएको छ। प्रायः कोही भारतबाट आएका हुन्, भने कोही पोखरा, काठमाडौंँ लगायतका स्थानमा ‘टुर’ गएका रहेको निरीक्षक केसीले बताए।

उनीहरुमा घाँटी दुख्ने, ज्वरो आउने, जिउ दुख्ने समस्या देखिने गरेको छ । प्रायः भेरोसिल, कोभिसिल्ड खोप लगाएकालाई नै सङ्क्रमण देखिएको र लक्षण पनि देखिने गरेको छ। अहिलेसम्म तुलसीपुरमा ३९ सक्रिय सङ्क्रमित छन् । तीमध्ये ११ मात्रै खोप नलगाएका हुन्। राप्ती बाल एकाडेमीका प्राचार्य ठाकुर डाँगीका अनुसार ती सङ्क्रमित भनिएका विद्यार्थी केही दिनदेखि विद्यालय नआएको जानकारी दिए।

प्रकाशित मिति: १३:२७ बजे, बिहीबार, पुस २२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्