अल्कोयानोलाई पराजित गर्दै रियल कोपा डेल रे फुटबलको अन्तिम १६ मा

काठमाडौं, पुस २२ : स्पेनिस क्लब रियल मड्रिड कोपा डेल रे फुटबलको अन्तिम १६ मा पुग्न सफल भएको छ। गएराति अल्कोयानेलाई पराजित गर्दै रियल प्रतियोगिताको अन्तिम १६ मा पुगेको हो।
अल्कोयानो रियलसँग ३–१ गोलले पराजित भएको हो। रियलको जितमा इडर मिलिटाओ, मार्को एसेन्सियोले एकएक गोल गरे।
खेलको ३२ औं मिनेटमा रियलका मिलिटाओले रियललाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफको ६६ औं मिनेटमा अल्कोयानोका डानिस भेगाले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।
त्यस्तपछि ७६ औं मिनेटमा एसेन्सियोले गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए ।र ७८ औं मिनेटमा जोसे जानले आत्मघाती गोल गरेपछि रियलले ३–१ को जित निकाल्यो ।
प्रकाशित मिति: १२:४६ बजे, बिहीबार, पुस २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











