टोटेनह्यामविरुद्ध चेल्सीको जित
काठमाडौं, पुस २२ : कारबाओ कप फुटबल अन्तर्गत गएराति भएको खेलमा चेल्सी विजयी भएको छ। सेमिफाइनलको पहिलो लेगमा चेल्सीले टोटनहमविरुद्ध २–० को जित निकालेको हो।...
काठमाडौं, पुस २२ : कारबाओ कप फुटबल अन्तर्गत गएराति भएको खेलमा चेल्सी विजयी भएको छ।
सेमिफाइनलको पहिलो लेगमा चेल्सीले टोटनहमविरुद्ध २–० को जित निकालेको हो। घरेलु मैदानमा चेल्सीका लागि काई हाभर्ट्ज र बेन डेभिसले गोल गर्दै टिमलाई जित दिलाए।
दुबै गोल पहिलो हाफमै भएको हो। खेलको पाचौं मिनेटमा हाभर्ट्जले गोल गरेका थिए भने बेन डेभिसले ३४ औं मिनेटमा गरेको गोल नै निर्णायक साबित भएको थियो।
यस जितसँगै चेल्सीले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। दोस्रो लेगमा बराबरी खेलेको अवस्थामा पनि चेल्सी फाइनल प्रवेश गर्नेछ। टोटेनहमलाई भने दोस्रो लेगमा उत्कृष्ट पुनरागमनको आवश्यकता भएको छ।
दोस्रो लेग जनवरी १३ मा हुनेछ ।
प्रकाशित मिति: १२:३७ बजे, बिहीबार, पुस २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











