कोपा डेल रे फुटबल : लिनारेसलाई पराजित गर्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश
काठमाडौं, पुस २२ : कोपा डेल रे फुटबलमा बार्सिलोनाले पुनरागमन जित हासिल गरेको छ। गएराती लिनारेस डिपोर्टिभोविरुद्ध बार्सिलोनाले २–१ को पुनारगमन जित दर्ता गरेको...
काठमाडौं, पुस २२ : कोपा डेल रे फुटबलमा बार्सिलोनाले पुनरागमन जित हासिल गरेको छ। गएराती लिनारेस डिपोर्टिभोविरुद्ध बार्सिलोनाले २–१ को पुनारगमन जित दर्ता गरेको हो।
पहिलो हाफमा एक गोलले पछि परेको बार्सिलोनालाई लयमा फर्काउन ओसमान डेम्बेले र फेरान जुट्ग्लाले एकएक गोल गरे।
खेलको पहिलो हाफको १९ औं मिनेटमा लिनारेसका एन्टोनियो डियाजले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए। पहिलो हाफभरि बार्सिलोना जवाफी गोल गर्न असमर्थ रह्यो।
दोस्रो हाफकाो ६३ औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई १–१गोलको बराबरीमा फर्काए ।त्यसपछि खेलको ६९ औं मिनेटमा जुट्ग्लाले गोल गर्दै बार्सिलोनालाई २–१ को जित दिलाए ।
जितसँगै बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा प्रवेश गरेको छ। लिनारेसविरुद्धको खेलबाट डानि एल्भेसले बार्सिलोनाका लागि डेब्यु समेत गरे।
प्रकाशित मिति: १२:१० बजे, बिहीबार, पुस २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











