Kathmandu Press

दुधको मूल्य वृद्धि गर्न संघीय सरकारलाई अनुरोध

काठमाडौं, पुस २२ : बागमती प्रदेशमा दुधको मूल्य वृद्धि गर्न प्रदेश दुग्ध विकास बोर्डले संघीय सरकारलाई अनुरोध गरेको छ।प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री...
दुधको मूल्य वृद्धि गर्न संघीय सरकारलाई अनुरोध

काठमाडौं, पुस २२ : दुधको मूल्य वृद्धि गर्न बागमती प्रदेश दुग्ध विकास बोर्डले संघीय सरकारलाई अनुरोध गरेको छ।

प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री एवं प्रदेश दुग्ध विकास बोर्डका अध्यक्ष वसुन्धरा हुमागाईको अध्यक्षमा बसेको बोर्डको बैठकले दुधको मूल्य वृद्धि गर्नुपर्ने निर्णय गरेको छ। बोर्डको बैठकले कम्तिमा प्रति लिटर १० रुपैयाँ बढाउन संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो।

दुधको उत्पादन लागतको मूल्य बढिरहेको र लामो समयसम्म दुधको मूल्य परिमार्जन नभएकाले किसान मर्कामा परेको बोर्डको ठहर छ। त्यसैले दुधको मूल्य वृद्धि गर्नुपर्ने देखिएको बोर्डले जनाएको छ।

संघीय सरकारले दुधको मूल्य परिमार्जन नगरेमा बागमती प्रदेश दुग्ध विकास बोर्डले आफै निर्णय गर्ने जनाएको छ। त्यसका लागि १५ दिनको समय दिएको छ।

सरकारले १५ दिनभित्र दुधको मूल्य परिमार्जन नगरेमा बागमती प्रदेशमा दुधको मूल्य परिमार्जन गर्न बोर्डले नै आवश्यक निर्णय गर्ने जनाएको छ।

प्रकाशित मिति: ०८:३३ बजे, बिहीबार, पुस २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्