Kathmandu Press

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

धनगढी, पुस २२ : कैलालीको लम्कीमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पैदल यात्री घाइते भएका छन्।प्रहरीका अनुसार से...
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

धनगढी, पुस २२ : कैलालीको लम्कीमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पैदल यात्री घाइते भएका छन्।

प्रहरीका अनुसार से ४ प ६०२१ नम्बरको मोटरसाइकल क्रेनसँग ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा कञ्चनपुरको बेलौरी नगरपालिका ५ का नेघुलाल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको क्रेनसँग ठोक्किएपछि मोटरसाइकलले पैदलयात्रीलाई पनि ठक्कर दिएको छ। दुर्घटनामा पैदलयात्री भुवनसिंह भाट घाइते भएका छन्।

उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। मोटरसाइकल चालकको भने घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ०८:१० बजे, बिहीबार, पुस २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्