Kathmandu Press

जलविद्युत योजना बाढीले बगाएपछि टुकीको भर

कर्णाली, पुस २२ : गत कात्तिक १ गते आएको भीषण बाढी र पहिराका कारण जुम्लाका तिला र तातोपानी गाउँपालिकामा विद्युत आपूर्ति बन्द भएको...
जलविद्युत योजना बाढीले बगाएपछि टुकीको भर

कर्णाली, पुस २२ : गत कात्तिक १ गते आएको भीषण बाढी र पहिराका कारण जुम्लाका तिला र तातोपानी गाउँपालिकामा विद्युत आपूर्ति बन्द भएको छ। बाढीले लघु जलविद्युत् बगाएर लगेपछि स्थानीय बासिन्दा टुकी बाल्न थालेका छन्।

बाढी र पहिराले पाँच लघुजलविद्युत् आयोजनामा पूर्ण क्षति पुर्‍याउँदा तीन महिनादेखि ती गाउँपालिकाका विभिन्न गाउँमा विद्युती आपूर्ति अवरुद्ध भएको छ। स्थानीयले अहिले सामान्यतः मोबाइल चार्ज गर्न पाएका छैनन्।

Hardik ivf

विद्युत् नहुँदा कुटानीपिसानी मिल पनि सञ्चालनमा आउन सकेका छैनन्। विद्युत आपूर्ति बन्द हुँदा समस्या भएको तिला–४ साँपुल्ली गाउँका जमाने सुनारले बताए।

बाढी र पहिराले गर्दा तिला–४ साँपुल्ली, रावतवाडा, नुवकोट गाउँमा सबैभन्दा बढी क्षति पु¥याएको छ भने तातोपानी–४ का हाँकु, ठाँटा, गिडीखोला, नियापानी र वडा ७ तथा ८ को सर्मी, सुर्की, कँयरकोट, ताम्ती लामाबगड, बारागाउँ दारिम टाकुरी, पातरसाँघु, बंतडी, टोप्लालगायतका क्षेत्रको विद्युत् क्षति पुर्‍याउनुका साथै सयौँ कित्ता जमिन कटान गरेको छ।

त्यस्तै बाढीले सयौँ किसानको धान, मकै, सिमी, चिनो, कोदोबाली र स्याउ बगैँचा, स्थानीय घट्ट, चिरानी, कुटानीपिसानी मिल बगाएको थियो। क्षतिबाट प्रभावित क्षेत्रका नागरिकले अहिलेसम्म राहत प्राप्त गरेका छैनन्।

गत कात्तिकमा कर्णाली प्रदेश सरकारका तत्कालीन आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको टोलीले बाढी तथा पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेको थियो। तर, प्रदेश सरकारले पनि कुनै सहयोग नगरेको स्थानीय बासिन्दा बताउँछन्। (रासस)

 

प्रकाशित मिति: ०७:१२ बजे, बिहीबार, पुस २२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्