Kathmandu Press

पोर्चुगल पठाइदिन्छु भनी रु ४० लाख ठगी गर्ने दुई पक्राउ

काठमाडौं, पुस २१ : नेपाल प्रहरीले कामदार भिसामा पोर्चुगल पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग रु ४० लाख ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ...
पोर्चुगल पठाइदिन्छु भनी रु ४० लाख ठगी गर्ने दुई पक्राउ

काठमाडौं, पुस २१ : नेपाल प्रहरीले कामदार भिसामा पोर्चुगल पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग रु ४० लाख ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने कोटेश्वरस्थित युनिवल्र्ड इन्टरनेशनल टुर्स एण्ड ट्राभल्सका सञ्चालक बाग्लुङका २८ वर्षीय अमृत सोतीमगर र व्यवस्थापक सर्लाहीका २४ वर्षीय समीर कार्कीलाई मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

कामदार भिसामा पोर्चुगल जानका लागि प्रतिव्यक्ति रु १४ लाख लाग्छ र पोर्चुगलमा पुगेपछि मासिक रु एक लाख कमाइ हुन्छ भनी उनीहरुले चार जनासँग १० लाखका दरले रु ४० लाख लिएर ठगी गरेको प्रहरीले जनाएको छ ।

पक्राउ व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ । 

प्रकाशित मिति: २१:०२ बजे, बुधबार, पुस २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्