Kathmandu Press

दोलखाको केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौं, पुस २१ : दोलखाको श्यामा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो ४ः१६ बजे श्यामा...
दोलखाको केन्द्रविन्दु भएर भूकम्पको धक्का
Hardik ivf

काठमाडौं, पुस २१ : दोलखाको श्यामा केन्द्रविन्दु भएर भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो ४ः१६ बजे श्यामा केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ । 

वि. सं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका ५६० भन्दा धेरै परकम्प गइसकेको छ । 

प्रकाशित मिति: १९:०१ बजे, बुधबार, पुस २१, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्