काठमाडौं उपत्यकामा थप २५३ जनामा कोरोना संक्रमण
काठमाडौं, पुस २१ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा २०९, ललितपुरमा २६ र भक्तपुरमा १८...
काठमाडौं, पुस २१ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये काठमाडौंमा २०९, ललितपुरमा २६ र भक्तपुरमा १८ संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यसैगरी काठमाडौं उपत्यकामा २ हजार २४१ सक्रिय संक्रमित रहेका छन्। तीमध्ये काठमाडौंमा १ हजार ११८, ललितपुरमा ५९५ र भक्तपुरमा ५२८ जना रहेको मन्त्रालयले जनाएको छ।
देशभरिमा भने थप ४३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
प्रकाशित मिति: १७:२२ बजे, बुधबार, पुस २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












