Kathmandu Press

सहिदभूमि-३ की वडा सदस्य राईको निधन

धनकुटा, पुस २१ : धनकुटाको सहिदभूमि गाउँपालिका-३ की ४१ वर्षीया वडा सदस्य घनमाया राईको आज (बुधबार) बिहान करिब ७ बजे निधन भएको छ। राईको गौरुङ...
सहिदभूमि-३ की वडा सदस्य राईको निधन

धनकुटा, पुस २१ : धनकुटाको सहिदभूमि गाउँपालिका-३ की ४१ वर्षीया वडा सदस्य घनमाया राईको आज (बुधबार) बिहान करिब ७ बजे निधन भएको छ। 

राईको गौरुङ टोलस्थित उनकै घरमा निधन भएको हो। उनलाई करिब ६ महिनादेखि मधुमेहको समस्या रहेको पारिवारिक स्रोतले जनाएको छ। 

पछिल्लोपटक उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो। मंगलबार मात्र अस्पतालबाट फर्काएर ल्याइएको थियो।

घनमाया स्थानीय तह निर्वाचनमा एमालेबाट सहिदभूमि-३ को महिला वडा सदस्यमा निर्वाचित भएकी थिइन्। उनका पति र दुई छोरा रहेको सहिदभूमि गाउँपालिकाले जानकारी दिएको छ।

प्रकाशित मिति: १६:३७ बजे, बुधबार, पुस २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्