Kathmandu Press

दैलेखमा जीप दुर्घटना हुँदा एकको मृत्यु

दुल्लु, पुस २१ : दैलेखको भगवतीमाई गाउँपालिका बेस्तडादेखि दैलेख बजार आउँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठजना...
दैलेखमा जीप दुर्घटना हुँदा एकको मृत्यु

दुल्लु, पुस २१ : दैलेखको भगवतीमाई गाउँपालिका बेस्तडादेखि दैलेख बजार आउँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन्। 

भगवतीमाइको मुकाम वेस्डादेखि सदरमुकाम आउँदै गरेको लु २ च ४८२९ नं को बोलेरो नारायण नगरपालिका– ११ लोहोरेमा आज बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा परी बोलेरो चालक भगवतीमाई–१ का  ३० वर्षीय कृष्ण रोकायाको मृत्यु भएको प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहले बताए।

शाहका अनुसार जीपमा सवार अन्य आठ जना घाइते भएका छन् भने तीन जनाको अवस्था गम्भीर रहेको छ। दुर्घटनामा परी गम्भीर घाइते भएका तीन जनाको थप उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ। घाइते भएका अन्यको जिल्ला अस्पतालमा उपचार भइरहेको जनाइएको छ। 

प्रकाशित मिति: १६:१५ बजे, बुधबार, पुस २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्