Kathmandu Press

राष्ट्रिय नागरिक पार्टीको विशेष महाधिवेशन शनिबार हुने

काठमाडौं, पुस २१ : राष्ट्रिय नागरिक पार्टीको विशेष महाधिवेशन आगामी शनिबार हुने भएको छ। सो पार्टीले आज पत्रकार सम्मेलन गरी यही पुस २४ गते...
राष्ट्रिय नागरिक पार्टीको विशेष महाधिवेशन शनिबार हुने

काठमाडौं, पुस २१ : राष्ट्रिय नागरिक पार्टीको विशेष महाधिवेशन आगामी शनिबार हुने भएको छ। सो पार्टीले आज पत्रकार सम्मेलन गरी यही पुस २४ गते धुम्बाराहीमा विशेष महाधिवेशन गर्न लागेको जानकारी दिएको हो। 

सो पार्टीका अध्यक्ष शुक्रबहादुर गुरुङले विधान संशोधन र कार्यसमिति चयनका लागि विशेष महाधिवेशन आह्वान गरिएको जानकारी दिए। शिक्षा र स्वास्थ्यलाई निःशुल्क गराउनुपर्ने मुख्य एजेण्डा बोकेको उक्त पार्टीले युवालाई विदेश पलायन हुनबाट रोक्न विनाधितो सहुलियत ब्याजदरमा रु १५ लाखसम्म ऋण उपलब्ध गराउन सरकारको ध्यानाकर्षणसमेत गराएको छ। 

राष्ट्रिय नागरिक पार्टीले हाल देशभर ३१ जिल्लामा आफ्नो सङ्गठन विस्तार गरिसकेको छ। विशेष महाधिवेशनपछि देशभर ७७ वटै जिल्ला र सबै स्थानीय तहमा आफ्नो संगठन विस्तार गर्ने अध्यक्ष गुरुङले बताए।

२०७० सालमा स्थापना भएको राष्ट्रिय नागरिक पार्टीले विसं २०७५ मा पहिलोपटक विशेष महाधिवेशन गरेको थियो।

प्रकाशित मिति: १४:३० बजे, बुधबार, पुस २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्