Kathmandu Press

ज्याला नपाएपछि वडा कार्यालयमा तालाबन्दी

कालीकोट, पुस २१ : कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–१ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ। मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७७÷७८ को सडक निर्माण गरेका मजदुरले...
ज्याला नपाएपछि वडा कार्यालयमा तालाबन्दी

कालीकोट, पुस २१ : कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–१ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ। मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७७÷७८ को सडक निर्माण गरेका मजदुरले ज्याला नपाएपछि वडा कार्यालयमा तालाबन्दी गरेका हुन्। 

गत असार मसान्तमा मजदुरले भुक्तानी पाउनुपर्ने भए पनि हालसम्म ज्याला पाएका छैनन्। मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि १३२ कामदार वडा १ बाट छनोट भएका थिए। प्रतिव्यक्ति ५० दिनसम्म काम गरे पनि कामदारले ज्याला नपाएको गोकर्णप्रसाद जैसीले जानकारी दिए। 

उनले आफूहरुलाई ५० दिनसम्म काम गर्न भनिएको र सोहीअनुसार काम गर्दा पनि ज्याला हालसम्म नपाएको बताए। उनले भने, ‘ज्याला नपाउञ्जेल ताला खोल्ने पक्षमा हामी छैनौं।’ ताला लगाउन वडाका ४८ महिला तथा पुरुष कामदार वडा कार्यालयमै पुगेका थिए। 

प्रकाशित मिति: १४:२८ बजे, बुधबार, पुस २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्