Kathmandu Press

डोटीमा ३०० नागरिकलाई कम्बल वितरण

डोटी, पुस २१ : ‘साइन नेपाल’ नामक सामाजिक सस्थाले शिखर नगरपालिकाका ३०० नागरिकलाई न्यानो कम्बल वितरण गरेको छ।ज्येष्ठ नागरिक तथा एकल महिलालाई कम्बल...
डोटीमा ३०० नागरिकलाई कम्बल वितरण

डोटी, पुस २१ : ‘साइन नेपाल’ नामक सामाजिक सस्थाले शिखर नगरपालिकाका ३०० नागरिकलाई न्यानो कम्बल वितरण गरेको छ।

ज्येष्ठ नागरिक तथा एकल महिलालाई कम्बल उपलब्ध गराइएको संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिए। उनका अनुसार नगरपालिकाको वडा २ र ८ का आयस्तर कम भएका ती नागरिकलाई सामग्री उपलब्ध गराइएको हो।  

स्थानीय सरकारसँगको सहकार्यमा संस्थाले हाते ट्र्याक्टर, विद्यालयमा खेलकुद तथा कम्प्युटरलगायतका सामग्री वितरण गर्दै आएको छ।

प्रकाशित मिति: १४:२० बजे, बुधबार, पुस २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्