Kathmandu Press

चेपाङ बालबालिकालाई लायन्सको न्यानो कपडा

दमौली, पुस २१ : तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरस्थित सूर्योदय प्राथमिक विद्यालयमा अध्ययनरत चेपाङ विद्यार्थीलाई लायन्स क्लब अफ तनहुँ दमौलीले न्यानो कपडा सहयोग गरेको...
चेपाङ बालबालिकालाई लायन्सको न्यानो कपडा

दमौली, पुस २१ : तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरस्थित सूर्योदय प्राथमिक विद्यालयमा अध्ययनरत चेपाङ विद्यार्थीलाई लायन्स क्लब अफ तनहुँ दमौलीले न्यानो कपडा सहयोग गरेको छ। विद्यालयमै पुगी क्लबले मङ्गलबार विपन्न चेपाङ बालबालिकालाई न्यानो कपडा सहयोग गरेको हो।

न्यानो कपडाको अभावमा जाडो महिनामा काम्दै विद्यालय आउने गरेको थाहा पाएपछि क्लबले ३० चेपाङ बालबालिकालाई स्वेटर र टोपी सहयोग गरेको क्लबका निवर्तमान अध्यक्ष एवं लायन्स क्लब ३२५ वी १ नेपालका डिष्ट्रिक्ट चियरपर्सन सरोज भण्डारीले जानकारी दिए।

Hardik ivf

‘चेपाङ बस्तीका बालबालिकाको अवस्था दयनीय छ, उनीहरुलाई थप सहयोगको खाँचो देखिएको छ,’ उनले भने, ‘खुट्टामा चप्पल छैन, च्यातिएकै कपडा लगाउन बाध्य छन्।’

चेपाङ बालबालिकाको अवस्था ज्यादै दयनीय रहेको र आगामी दिनमा समेत सहयोग गर्ने क्लबका अध्यक्ष राजु रानाले जानकारी दिए। ‘न्यानो कपडा नहुँदा कतिपय विद्यार्थी विद्यालयमा नियमित पनि नभएको पायौं, न्यानो कपडा पाएपछि नियमित विद्यालय आउने वातावरण बनाउन सकिन्छ भन्ने आशा पलाएको छ,’ उनले भने। 

लायन्स क्लब अफ तनहुँ दमौलीले विपन्न वर्गलाई निःशुल्क कपडा सहयोग गर्दै आएको छ। त्यसका लागि क्लबले दमौली बजारमा कपडा बैंक नै खोलेको छ। कपडा बैंकबाट आवश्यक हुनेले कपडा लैजान सक्ने उनले बताए।

कपडा बैंकको दिगोपनका लागि रकम संकलन गर्ने उद्देश्यसहित क्लबले अंग्रेजी नयाँ वर्षमा सांगीतिक कार्यक्रम आयोजना गरेको थियो। 

प्रकाशित मिति: ११:५५ बजे, बुधबार, पुस २१, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्