Kathmandu Press

तनहुँमा नवजात शिशुसहित दुई मृत फेला

दमौली, पुस २१ :  तनहुँमा छुट्टाछुट्टै स्थानमा मङ्गलबार नवजात शिशुसहित दुई जना मृत फेला परेका छन्। व्यास नगरपालिका–९ कवादीखोला नजिकै शिशु मृत फेला परेको...
तनहुँमा नवजात शिशुसहित दुई मृत फेला

दमौली, पुस २१ :  तनहुँमा छुट्टाछुट्टै स्थानमा मङ्गलबार नवजात शिशुसहित दुई जना मृत फेला परेका छन्। व्यास नगरपालिका–९ कवादीखोला नजिकै शिशु मृत फेला परेको प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए।

स्थानीयवासीको रोहवरमा मुचुल्का गरी शिशुको शव दमौली ल्याइएको उहाँले बताउनुभयो । शिशु कसले फालेको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। 

यसैगरी आँबुखैरेनी गाउँपालिका–३ शिवालय मन्दिर नजिक एक पुरुषको शव फेला परेको छ । मन्दिर नजिकैको धर्मशालाको पेटीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ। उनको परिचय खुल्न सकेको छैन।   

प्रकाशित मिति: १०:०९ बजे, बुधबार, पुस २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्