Kathmandu Press

अक्षयकोषका लागि तीन लाख सहयोग

झापा, पुस २१ : नारी सञ्चार गृह झापाले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषका लागि दमक नगरपालिकाले तीन लाख सहयोग गरेको छ।पत्रकार महिलाको...
अक्षयकोषका लागि तीन लाख सहयोग

झापा, पुस २१ : नारी सञ्चार गृह झापाले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषका लागि दमक नगरपालिकाले तीन लाख सहयोग गरेको छ।

पत्रकार महिलाको क्षमता अभिवृद्धि गर्न र उनीहरुलाई पत्रकारिता क्षेत्रमा प्रोत्साहन गर्न पुरस्कार प्रदान गर्ने उद्देश्यले स्थापना गरेको उक्त अक्षयकोष वृद्धिका लागि नगरपालिकाले सो रकम सहयोग गरेको हो। नगरपालिकाका उपप्रमुख गीता अधिकारीले सो रकम बराबरको चेक नारी सञ्चारगृहका अध्यक्ष भीमा शिवाकोटीलाई हस्तान्तरण गरिन्।

Hardik ivf

उनले मोफसलमा रहेर काम गर्ने पत्रकारको चुनौती र समस्यासँग पौठेजोरी खेल्दै सञ्चारगृहमा आबद्ध महिला पत्रकारले समाज रुपान्तरणमा खेलेको भूमिका अतुतनीय रहेकाले उनीहरुले स्थापना गरेको अक्षयकोष वृद्धिका लागि सहयोग गरेको बताइन्।

नारी सञ्चारगृह २०६८ सालमा स्थापना भएको हो। संस्थाले पत्रकारको क्षमता अभिवृद्धिका लागि विभिन्न सङ्घसंस्थासँग मिलेर काम गर्दै आएको छ।

संस्थामा ५० भन्दा बढी महिला आबद्ध छन्। तीन वर्षअघि अक्षयकोषको स्थापना गरिएको हो। अक्षयकोषको वृद्धिका लागि गृहमा आबद्ध पत्रकार महिलाले जन्मदिन, वर्षगाँठलगायत वापतको रकमसमेत जम्मा गर्दै आएको शिवाकोटीले बताइन्।

अक्षयकोषका लागि कमल गाउँपालिकाले ५० हजार र अर्जुनधारा नगरपालिकाले एक लाख ५० हजार सहयोग गरेको छ। संस्थाका उपाध्यक्ष एवं कोषकी संयोजक रेजिना गौतमले चाँडै नै सोही रकमको ब्याजबाट पुरस्कार स्थापनाको तयारी गरिरहेको बताइन्। (रासस)

प्रकाशित मिति: ०७:२४ बजे, बुधबार, पुस २१, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्