Kathmandu Press

इन्भेस्टमेन्ट बैंक र सेलपेबीच सहकार्य 

काठमाडौं, भदौ १९ : नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले भुक्तानी सेवाप्रदायक सेलपेसँग सहकार्य गरेको छ। 

आफ्ना सबै ग्राहकहरुका लागि ड....

इन्भेस्टमेन्ट बैंक र सेलपेबीच सहकार्य 

काठमाडौं, भदौ १९ : नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले भुक्तानी सेवाप्रदायक सेलपेसँग सहकार्य गरेको छ। 

आफ्ना सबै ग्राहकहरुका लागि डिजिटल भुक्तानी र रकम स्थान्तान्तरण सेवा अझ प्रवद्र्धन गर्न इन्भेस्टमेन्ट बैंकले नेपाल राष्ट्र बैंकद्वारा अनुमतिप्राप्त भुक्तानी सेवाप्रदायक सेलपेसँग सहकार्य गरेको हो। 

सहकार्य सम्झौतामा नेपाल इन्मेस्टमेन्ट बैंकका प्रमुखकार्यकारी अधिकृत ज्योति पाण्डे र आईएमएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्राले हस्ताक्षर गरेका हुन्।

नेपाल इन्भेस्टमेन्ट बैंकका ग्राहकहरूले सेलपे एकाउन्टमा आफ्नो खाता खोल्नेवित्तिकै एक सयको मोबाइल रिचार्ज (टप–अप) पाउने सेलपेमार्फत बिलहरूको भुक्तानी गर्दा आकर्षक नगद फिर्ता (क्यास ब्याकअफर) पनि पाउने प्रेस विज्ञप्तिमा उल्लेख छ। 

सेलपे, सेलकम प्रा.लि.द्वारा सञ्चालित नेपाल राष्ट्र बैंकबाछ अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो। यसले  मोबाइल तथा बेवको माध्यमबाट आफ्नो बैंक खाताबाट डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थान्तन्तरण सेवा प्रदान गर्छ। भुक्तानी सुरक्षित र विश्वसनीय बनाउनका लागि सेलपेलाई विभिन्न अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका सुरक्षा प्रणालीभित्र रहेर विकास गरिएको छ। 

ग्राहकहरूले सेलपेमा आवद्ध गरिसकिएका अन्य बैंकमावा त्यहाँबाट नेपाल इन्भेस्टमेन्ट बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बरमार्फत रकम स्थान्तन्तरण गर्न सक्नेछन्। ग्राहकहरूले सेलपे भुक्तानी विल्कप रहेका स्थानहरू सेलपेमार्फत् अन्य व्यापारिक भुक्तानी गर्न सक्नेछन्। त्यतिमात्रे नभएर मोबाइलको टप–अप गर्न, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, केबलहरूको बिल लगायत बिल भुक्तानी गर्न सकिने छ।

२०४२ सालमा स्थापना भएको नेपाल इन्भेस्टमेन्ट बैंकले ८२ शाखाहरू, १२० एटीएमहरू, १४ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टर र ५४ ब्रान्चलेस बैंकिङ काउन्टरहरूमार्फत ग्राहकको सेवा पु¥याउँदै आएको छ। 

बैंकले बेलायतको प्रसिद्ध फाइनान्सियल टाइम्स ग्रुपको बैंक म्यागजिन द बैंकरद्वारा उदाहरणीय सेवा र व्यवसायका लागि पाँच पटकसम्म ‘बैंक अफ द इयर’ अवार्डका साथ साथै बेस्ट बैंक २०१८ का लागि ‘युरोमनी अवार्ड फर एक्सिलेन्स’ पाइसकेको छ। 
 

प्रकाशित मिति: १७:४८ बजे, बिहीबार, भदौ १९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्