भक्तपुरमा पुगे एक लाख ८६ हजार ९०१ मतदाता
काठमाडौं, पुस २१ : भक्तपुरमा १८ वर्ष उमेर पुगेका मतदाताको सङ्ख्या एक लाख ८६ हजार ९०१ रहेको छ।जिल्ला निर्वाचन कार्यालयले नगरपालिकास्तरमा आयोजना गरेको...
काठमाडौं, पुस २१ : भक्तपुरमा १८ वर्ष उमेर पुगेका मतदाताको सङ्ख्या एक लाख ८६ हजार ९०१ रहेको छ।
जिल्ला निर्वाचन कार्यालयले नगरपालिकास्तरमा आयोजना गरेको एकमहिने फोटोसहितको मतदाता नामावली सङ्कलन अभियानअन्तर्गत दुई हजार ५३० नयाँ मतदाताले नाम दर्ता गराएका छन्।
कार्यालयका सूचना अधिकारी भीमबहादुर विसीका अनुसार भक्तपुर नगरपालिकामा ५७ हजार ३८३, सूर्यविनायक नगरपालिकामा ४६ हजार २९५, मध्यपुर थिमि नगरपालिकामा ४१ हजार २९६ र चाँगुनारायण नगरपालिकामा ४१ हजार ९२७ मतदाता सङ्ख्या पुगेको छ।
जिल्ला निर्वाचन कार्यालयले चाँगुनारायण, मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकामा सञ्चालन गरिएको अभियानमा एक हजार ३२८ पुरुष र एक हजार २०२ महिलाले नाम दर्ता गराएका छन्। भक्तपुर नगरपालिकामा जिल्ला प्रशासन र जिल्ला निर्वाचन कार्यालयमा आएर नाम दर्ता गराउन आह्वान गरिएको थियो।
अभियानअन्तर्गत सूर्यविनायकमा महिला २६४ र पुरुष ३३९, मध्यपुर थिमिमा महिला १७३ र पुरुष १७८, चाँगुनारायणमा महिला ३३२ र पुरुष ३८७ तथा भक्तपुर जिल्ला प्रशासन तथा जिल्ला निर्वाचन कार्यालयमा आएर ४२४ पुरुष र ४३३ महिलाले नाम दर्ता गराएका थिए।
नगरपालिकास्तरमा अभियान सम्पन्न भए पनि नाम दर्ता गर्न छुटेकाको हकमा जिल्ला प्रशासन वा जिल्ला निर्वाचनमा दर्ता गराउन सकिने सूचना अधिकारी जिसीले जानकारी दिए।












