Kathmandu Press

कोभिड-१९ मा प्रयोग हुने साढे ६ लाखभन्दा बढी सिरिन्ज नेपाल आइपुग्यो 

काठमाडौं, पुस २० : कोभिड –१९ विरुद्धको फाइजर खोपका लागि प्रयोग हुने साढे ६ लाखभन्दा बढी सिरिन्ज नेपाल आइपुगेको छ ।कतार एयरलाइन्सको नियमित...
कोभिड-१९ मा प्रयोग हुने साढे ६ लाखभन्दा बढी सिरिन्ज नेपाल आइपुग्यो 
Hardik ivf

काठमाडौं, पुस २० : कोभिड –१९ विरुद्धको फाइजर खोपका लागि प्रयोग हुने साढे ६ लाखभन्दा बढी सिरिन्ज नेपाल आइपुगेको छ ।

कतार एयरलाइन्सको नियमित उडानमार्फत मंगलबार ६ लाख ६६ हजार थान सिरिन्ज नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।  फाइजर खोपमा प्रयोग हुने ०.३ एमएलको सिरिन्ज मंगलबार दिउँसो ल्याईएको हो । 

सिरिन्ज अभावकै कारण काठमाडौं उपत्यकासहित ८ जिल्ला बालबालिकालाई १३ पुसदेखि दिने भनिएको खोप अभियान प्रभावित भएको थियो ।

प्रकाशित मिति: २०:१८ बजे, मंगलबार, पुस २०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्