Kathmandu Press

करातेमा नेपाललाई चार स्वर्ण

करातेमा नेपाललाई चार स्वर्ण

काठमाडाैं, पुस २० : बङ्गलादेशमा सम्पन्न बि–जी कराते च्याम्पियनसिपमा नेपालले सितोरियो करातेमा चार स्वर्ण पदक जितेको छ।

ङ्गलादेश गोजुरियो कराते महासङ्घको सहयोग तथा बङ्गलादेश बशप सङ्घको आयोजनामा भएको उक्त प्रतियोगितामा नेपालका डिजेन डोल्मा लामाले दुई तथा पासाङ तामाङ र ग्याल्मो सोमिका लामाले एक एक स्वर्ण प्राप्त गरेका छन्। डिजेनले कुमिते र कातामा गरी दुई स्वर्ण जितिन।  

पासाङले ७० किलो तौल समूहको कातातर्फ तथा ग्याल्मोले ३५ किलो तौल समूहको कुमितेतर्फ स्वर्ण प्राप्त गरेको टोली व्यवस्थापक रामकुमार श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार नेपाली टोलीले थप दुई रजत र पाँच कास्य पदकसमेत प्राप्त गरेको छ। पासाङ तामाङले ७० किलो र राजदेव बमजनले ६५ किलो तौल समूहको कुमितेतर्फ रजत प्राप्त गरेका हुन्।

त्यसैगरी रवीन्द्र कुँवरले खुलातर्फ, युरोडिस रोक्काले ६० किलो, उमेश भण्डारीले ५५ किलो, रविना बुढाथोकीले ४५ किलो तथा उमङ्ग बुढाथोकीले १४ वर्षमुनि उमेर समूहमा कास्य पदक प्राप्त गरेका छन्। सो च्याम्पियनसिपमा नेपालका छत्रबहादुर आले मगर, रामचन्द्र गुरुङ, नारायण श्रेष्ठ, प्रकाश तामाङ लामा, मिङ्मा तामाङ र गणेशलाल श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए। 

प्रकाशित मिति: १९:०७ बजे, मंगलबार, पुस २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्